काठमाडौं । असार ११ गते
आज दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली काँaग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाउनु भएको छ । महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले बैठक बोलाउनु भएको हो । काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । १४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने पौडेलको आकांक्षा छ।नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।

 

पौडेलले यसअघि बिहीबारका लागि बैठक बोलाएका थिए तर विपक्षी गठबन्धनका शीर्ष नेताहरुले पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्ने समयसँग जुधेपछि स्थगित भएको हो ।काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरेको छ । अहिले क्रियाशील सदस्यता छुट्याउने काम भइरहेको छ ।