×

TUNGOON

कृष्ण थापाको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै


काठमाडौं । असार ११ गते
आज सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीका संयुक्त इजलासमा पेश तोकिएको छ। दोस्रो पटक कारबाहीमा परेपछि उनले ६ असारमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए। दोस्रो पटक प्रदेश सभा सदस्यबाट हटाइएका थापाको निवेदनमाथि आज फेरि सुनुवाइ हुन लागेको हो। उनी बागलुङ ‘ख’बाट प्रदेश सभामा निर्वाचन भएका थिए।

 

७ असारमा न्यायाधीश मल्लको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको थियो। यससँगै दुवै पक्षलाई आज छलफलका लागि बोलाएको हो। दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश दिने वा नदिने आदेश हुनेछ।२७ जेठमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न राािष्ट्रय जनमोर्चाले ह्विप लगाएको थियो। तर, उनी मतदान नगरी तटस्थ बसेका थिए। पार्टीको ह्विप नमानेको भन्दै जनमोर्चाले कारबाही गरेको थियो। जनमोर्चाको सिफारिशमा प्रदेश सभाले पनि उनको पद रिक्त रहेको घोषणा गरेको थियो।त्यसका विरुद्ध उनी सर्वोच्च अदालत गएका हुन्। यसअघि पनि उनलाई प्रदेश सभा सदस्यबाट हटाउँदा सर्वोच्च पुगेका थिए। त्यतिबेला भने सर्वोच्चले अन्तरिम आदेशमार्फत उनको पद थमौति गरेको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला