×

TUNGOON

आज महाधिवेशनको तयारीका लागि छलफल गर्न निधि र सिंह महामन्त्री डा. कोइराला निवास महाराजगन्जमा


काठमाडौं । असार ११ गते
आज महाधिवेशनको तयारीका लागि छलफल गर्न निधि र सिंह महामन्त्री डा. कोइराला निवास महाराजगन्ज पुग्नु भएको छ । तीनै जना नेताबीच छलफल भइरहेको महामन्त्री डा. कोइरालाको सचिवालयले जनाएको छ।कांग्रेसको आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुनः सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनले आफू निकट सातै प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन्।

 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफू निकट नेताहरूसँग बिहीबार छलफल गरेका छन्। आज आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका छन्। उनले छलफलका लागि दिउँसो २ बजे केन्द्रीय सदस्यलाई बोलाएका छन्।निधि, कोइराला र सिंहले पनि यसअघि निधि निवास नयाँ बानेश्वरमा छलफल गरेका थिए। उनीहरू मिलेर महाधिवेशनमा जाने विषयमा सहमति गर्न खोजिरहेका छन्। निधि निवासमा भएको छलफलमा मिलेर जाने बताएका थिए। त्यसलाई थप मूर्त रूप दिन आज छलफलमा बसेको महामन्त्री कोइरालाको सचिवालयले जनाएको छ। तीनै जनाले सभापतिका लागि उम्मेदवारी दिने बताउँदै आएका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला