×

TUNGOON

प्रचण्डले पूर्व राजा गुहार्न थालेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको आरोप


काठमाडौं । असार ११ गते
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राष्ट्रपतिसँग पूर्व राजाको तुलना गरेको प्रति एमाले नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डले पूर्व राजा गुहार्न थालेको आरोप लगाउनु भएको हो ।

बिहीवार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वर्तमान राष्ट्रपति भन्दा पूर्व राजाहरुको अवस्था शानदार रहेको टिप्पणी गर्नु भएको थियो । त्यसबारे कटाक्ष गर्दै नेता पोखरेलले प्रचण्डले राजनीतिलाई अराजनीतिक बनाउने खेल गरेको आरोप लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला