×

TUNGOON

ताजा जनादेशबाट नै मुलुकले निकास पाउने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भनाई


काठमाडौं । असार १२ गते
ताजा जनादेशबाट नै मुलुकले निकास पाउने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भनाई छ । पौडेलले प्रतिनिधि सभाले वैकल्पिक सरकार समेत दिन नसकेपछि ताजा निर्वाचनमा जानुपर्ने बाध्यकारी अवस्था आएको स्पष्ट पार्नु भएको छ । कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको शनिवार बुटवलमा उद्घाटन गर्दै निर्वाचनका लागि तयार हुन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नु भएको छ । उहाँले लोकतन्त्र र संविधानको प्राण निर्वाचन र ‘प्रधानमन्त्रीले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नु भयो ।

 

नेता पौडेलले ‘निर्वाचनको तयारीमा सबै लाग्नुहोस् । संविधान निर्माणपछि मुलुकको एउटा मात्र लक्ष्य विकास र समृद्धि होला भन्ने थियो तर देशमा अनपेक्षित परिदृश्य देखा परेको बताउनु भएको छ । त्यसैले आउँदो निर्वाचनले देशको विकास, समृद्धि र स्थायित्व दिने भएकाले निर्वाचनमा जान दलहरू डराउन नहुने उल्लेख गर्नु भएको छ । सरकार अहिले कोरोनाबाट जनताको जीवन रक्षामा केन्द्रित भएको समेत मन्त्री पौडेलले बताउनु भएको छ । निर्वाचनसम्म जनतालाई निःशुल्क कोरोनाको भ्याक्सिन उपलब्ध गराएर माक्स विना मतदान गर्ने वातावरण सरकारले मिलाउन लागेको मन्त्री पौडेलको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला