काठमाडौं । असार १३ गते
असार १६ गतेबा लागि नेकपा एमालेले दसौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनु भएको छ । बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा पनि छलफल भएको उहाँको भनाई छ ।

महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई मान्यता नदिएर अदालतले त्रुटिपूर्ण फैसला गरेका कारण आफूहरू भ्याकेटमा जानुपरेको ज्ञवालीको भनाइ छ । फ्लोर क्रस गरेको भन्दै एमालेले उनीहरूलाई सांसद र पार्टीबाट कारबाही गरेको थियो । तर, जेठ २७ गते अदालतले अन्तरिम आदेशमार्फत चार प्रदेश सांसदलाई पुनर्बहाली गरेको थियो ।साथै बैठकमा पछिल्लो राजनीतिक स्थिति, प्राकृतिक प्रकोप र कोभिडका बारेमा छलफल भएको थियो ।