काठमाडौं । असार १३ गते
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा वहस चलिरहेको बेला अदालतबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको परमादेश आउने दावी गर्नु भएको छ । उहाँले पहिलो पटक प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद विघटनगर्दापनि अदालतले पुनर्वहाली गरेको उल्लेखगर्दै फेरी संसद् पुनःस्थापना हुने बताउनु भएको छ । उहाँले अब देउवालाई प्रधानमन्त्रीको घोषणासहित अदालतले परमादेश जारी गर्ने बताउनु भएको छ ।

राजविराजमा शनिवार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष यादवले ‘एकैजना प्रधानमन्त्रीले एउटै संसद्लाई दुईपटक भंग गरेको उदाहरण संसारमै नभएको जिकिर गर्नु भएको छ । यादवले सार्वभौम संसद्लाई समाप्त गरी ओली निरकुंश बन्न खोजेको आरोप लगाउनु भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले गरेको गल्तीलाई अदालतले सच्चयाउने उहाँको भनाई छ ।