काठमाडौं । असार १३ गते
पार्टी एकताका लागि आफूहरु प्रयत्नशील रहेको नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले बताउनु भएको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि उनले नेता माधवकुमार नेपालसहितको एमाले बनाउन औपचारिक–अनौपचारिक छलफल भइरहेको पनि बताउनु भएको छ ।

एमाले अक्षुण्ण राख्नका लागि प्रयास भइरहेको उहाँको उल्लेख गर्नु भएको छ । प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानमा केन्द्रित रहेर छलफल पनि गरिरहेको दाबी गर्नु भएको छ । उहाँले सीमित नेताहरुको चाहना र जनातको चहाना मेल नखाएको जिकिर गर्नु भएको छ ।