काठमाडौं ।असार १३ गते
अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहरमा १२ तले भवन ढल्दा मर्नेहरूको संख्या बढेर पाँच पुगेको मयामीका मेयर ड्यानियला लेभिनले आइतबार पत्रकार सम्मेलनमा गर्दै जानकारी दिएकी हुन् । उनका अनुसार धेरैभन्दा धेरैको ज्यान बचाउने प्रयास भइरहेको छ । स्थानीय प्रशासनले अझै पनि १५० भन्दा धेरै मानिस बेपत्ता भएको बताएको छ ।बिहीबार मध्यरातितिर भवन ढलेको थियो । भवन किन ढल्यो अझैसम्म पनि पत्ता लाग्न सकेको छैन ।भवन सन् १९८० मा बनेको थियो । जसमा २३० फ्लाट थिए ।
२३० फ्याटमध्ये आधामा असर पुगेको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।उद्धारकर्मी घटनास्थलमा ठुला(ठुला मेसिन, ड्रोन र तालिमप्राप्त कुकुरको सहायताले मानिसको खोजी गरिरहेका छन् । शनिबार आगलागी हुँदा एकैछिन काम रोकिएको थियो ।