काठमाडौं । असार १४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रोजगार वा नयाँ कार्यको अवसर मिल्ने योग रहेको छ भने राजनैतिक वा कूटनैतिक कार्यमा सफलता मिल्नुका साथै बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने तथा व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मालसामान हराउने योग रहेको छ भने नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्छर्नुका साथै मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने योग रहेको छ भने धर्मकर्म तथा समाज सेवामा मन लाग्ने तथा साथीको सहयोग मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज घरमा अतिथिको आगमन हुने योग रहेको छ भने नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुने तथा लाभदायक यात्रा रहनुका साथै नयाँ कार्यको थालनी होला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नसोचेको ठाउँबाट धन हात पर्ने योग रहेको छ भने धार्मिक तथा समाजसेवामा मन लाग्नुका साथै अग्रजहरूको सल्लाह र अनुभव अनुसार कामगरे सफलता मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मित्र वा आफन्तको सहयोग मिल्ने योग रहेको छ भने मिष्ठान्न भोजन प्राप्ति हुनुका साथै साथी भाइको भेटघाटले मन प्रफुल्ल रहने तथा बौद्धिकताको विकास हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने काम गर्ने हौसला मिल्ने तथा विपरीत वर्ग प्रति आकर्षण बढ्नुका साथै कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै कृषि कार्यमा प्रगति हुने तथा रमणीय र सुखद् यात्राको योग छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज छोटो दुरीको लाभदायक यात्रा रहने योग रहेको छ भने प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ र वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुपर्ने तथा आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै कार्यसिद्धि हुने अवसर मिल्ने तथा गरेको कार्यमा सफलता मिल्नेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल