×

TUNGOON

आज निषेधाज्ञाबारे थप निर्णय लिनको लागि काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै


काठमाडौं । असार १४ गते
आज काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । सिडिओहरुको बैठक आइतबार पनि बसेको थियो तर बैठकले ठोस निर्णय लिन नसकेपछि पुनःआज बैठक बस्न लागेको हो ।जारी निषेधआज्ञाको समय आज सकिँदै गर्दा तीन जिल्लाका स्थानिय प्रशासनले केही मापदण्ड बनाएर अब भने सार्वजनिक यातायात संञ्चालन गर्न दिने तयारी पनि गरेको छ ।

एक साता देखी ट्याक्सीलाई जोर–विजोरका आधारमा संञ्चालन गर्न अनुमति दिईएको थियो । यसै गरी पसलहरुलाई पनि बर्गिकरण गरेर संञ्चालन गर्न स्थानिय प्रशासनले अनुमति दिएको थियो ।तर सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै राख्दै सार्बजनिक स्थानमा धेरै मानिस भेला हुन रोक लगाउने निर्णय भने यथावत रहने छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला