×

TUNGOON

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी, हुथी विद्रोहीले मरिबमा आक्रमण सुरु गरेपछि भएको भिडन्तमा परि २९ जना सैनिक र ८२ जना विद्रोहीको मृत्यु


काठमाडौं । असार १४ गते
हुथी विद्रोहीले मरिबमा आक्रमण सुरु गरेपछि भएका भिडन्तमा २९ जना सैनिक र ८२ जना विद्रोही मारिएका समाचारसंस्था एएफपीले जनाएको छ ।यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनमा कम्तीमा एक सय ११ जनाको ज्यान गएको हो ।मरिब उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र ठाउँ हो । यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । गएको बिहीवारदेखि आक्रमण सुरु गरेका विद्रोहीहरु मरिबको भित्री तहमा प्रवेश गर्न प्रयास गरिरहेका छन् ।

उनीहरुलाई रोक्न सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ ।यमनको मरिब क्षेत्र तेलका लागि धनी छ । यो क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हातमाथि पर्नेछ । तर यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय सङ्कट उत्पन्न हुन सक्ने स्थानीय मानवीय सङ्घसंस्थाहरुले बताएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला