×

TUNGOON

मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय


काठमाडौं । असार १४ गते

मंगलबारदेखि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश थप खुकुलो बनाउँदै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय स्थानीय प्रशासनले गरेका छन्। आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो।‘सार्वजनिक सवारीसाधन कसरी सञ्चालन गर्न दिने भन्ने विषयमा मोडालिटी बनाउन बाँकी छ।

बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पूर्ण सिट क्षमतामा जोरबिजोर नम्बरका आधार सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको छ ।बैठकले जारी निषेध आदेश एक साता थप्ने पनि निर्णय गरेको छ। हाल जारी निषेध आदेश सोमबार राति १२ बजेबाट सकिँदै छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला