×

TUNGOON

कांग्रेसका सभापति देउवा जाली–फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री बन्न खोजेको प्रधानमन्त्री ओलीको आरोप


काठमाडौं । असार १४ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाली–फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री बन्न खोजेको प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्नु भएको छ । उहाँले आज मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले ‘केही राजनीतिक पार्टीका नेताहरुको कुण्ठा र हतारोले राजनीतिलाई अप्ठ्यारो रुपले अघि बढाइरहेको र जनतामा जाने भन्ने कुरालाई असंवैधानिक र कू भनिएको जिकिर गर्नु भएकोछ। उहाँले जनतामा गएर नयाँ जनादेश वा संसदबाट प्रधानमन्त्री बन्नुको साटो कृत्रिम र लोकतान्त्रिक बाटो अपनाएर देउवा प्रधानमन्त्री हुन खोेजेको बताउनु भएको छ । राष्ट्रका समस्या समाधान गर्न सबै एकजुट हुुनुपर्ने ठाउँमा संसद् पंगु बनाउने जनतामा जान नदिने काम भएको र ‘अदालतमा मलाई प्रधानमन्त्री बनाइपाउँ भन्ने निवेदन दिइएको बताउनु भएको छ । अदालतबाट मुद्दा लडेर सरकार ल्याउने अदालतबाट प्रधानमन्त्री छान्ने कुरा संसारमा कहीँ नभएको भन्दै स्वतन्त्र न्यायालयको फैसला आफ्नो पक्षमा पार्न दवावका लागि आन्दोलन गर्न खोजिएको बताउनु भएको छ । ‘


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला