काठमाडौं । असार १५ गते
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहि गण्डकी, लुम्बिनी, र बाग्मती प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टा प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।त्यस्तै आगामी तीन दिनसम्म भारी वर्षा हुने छ ।