×

TUNGOON

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको आरोप


काठमाडौं । असार १५ गते
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले लोकतन्त्र बलियो हुन कांगे्रस सुदृढ हुनुपर्ने बताउनु भएको छ । उहाँले लोकतन्त्रका लागि हाम्रो अभियानले आयोजना गरेको ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन र अबको बाटो’ विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल अन्तरक्रियामा लोकतन्त्रको रक्षाका लागि नै कांग्रेसको स्थापना भएको बताउनु भएको हो ।

पार्टीले मुलुक र जनताका लागि गरेको कामबारे प्रचारप्रसार गर्नु जरुरी रहेको उहाँको भनाइ थियो। ‘संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने पार्टीले किन निर्वाचनमा कम भोट ल्यायो यसबारे पार्टीभित्र समीक्षा हुनुपर्ने बताउनु भएको छ । सहमहामन्त्री महतले कांग्रेसभित्र पार्टीभन्दा व्यक्ति बलियो भएकाले समस्या उत्पन्न भएको समेत बताउनु भएको छ । उहाँले संविधान र कानुनको परिपालना गर्ने पार्टी कांग्रेसले कोरोना महामारी र बाढी पहिरोको चुनौतीबीच समयमा नै महाधिवेशन सम्पन्न गर्ने उल्लेख गर्नु भएको छ । उहाँले पार्टीभित्र संगठन गर्ने शैलीमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको र सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको समेत आरोप लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला