काठमाडौं । असार १५ गते

दुई जना बीचको नितान्त निजी मामिला हो सेक्स अर्थात यौनसम्पर्क । त्यसैले कतिपटक हुनुपर्छ भन्ने प्रश्न त्यति सान्दर्भिक पनि होइन । फेरी, यौनसम्पर्क घटबढ हुनुमा जोडीको रुची, अवस्था, बाताबरण, उमेर, स्वास्थ्य आदिको प्रभाव पर्न सक्छ । त्यसैले सेक्स कतिपटकलाई सामान्य मान्ने भन्ने प्रश्नको सटिक उत्तर दिन सकिदैन । यद्धपी अनुसन्धानकर्ताहरुले यसको बारेमा केही तथ्य फेला पारेका छन् । उनीहरुका अध्ययन अनुसार सामान्य १८ बर्ष देखि २९ बर्षको उमेरका जोडीले बर्षमा ११२ पटक यौनसम्पर्क अर्थात लगभग तीन दिनमा एक पटक सेक्स भयो भने त्यसलाई सामान्य मानिन्छ ।

 

यस्तै ३० देखि ३९ बर्षका जोडीले बर्षमा ८६ पटक अर्थात चार दिनमा एक पटक सेक्स गरे त्यसलाई सामान्य रुपमा लिइन्छ । उमेर बढेसंगै यौन क्रियाकलापमा समेत कमि हुँदै जाने भएकोले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यहि अनुपातमा कमि हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यौनकार्यमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुन्छ भनिएको छ । तर फेरी पनि छुटाउनै नहुने कुरा के हो भने, यो नितान्त निजी मामिला हो । यसमा निजी रुची, चाहना, बातावरण, उमेर, स्वास्थ्य आदि कुराहरुले असर गर्दछ । कोही पाको उमेरको व्यक्तिले धेरै पटक सेक्स गर्न पनि सक्दछ । कोही यौवन अवस्थाको व्यक्तिले सोचेँ अनुसार सेक्स गर्न सक्दैन ।

यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।