×

TUNGOON

 कृषकको मनोबल बढाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीको भनाई 


काठमाडौं । असार १५ गते
 कृषकको मनोबल बढाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले  भनाई छ । आज देशभर मनाइँदै गरेको ‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशवासीलगायत सम्पूर्ण नेपाली कृषक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले खाद्यान्नको प्रमुख आधार मानिएको धानको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउन कृषि, कृषक र श्रमको उच्च सम्मान हुनुपर्नेमा जोड दिर्नु भएको छ ।
                                                                                                   
प्रदेश प्रमुख कलौनीले कृषि प्रधान हाम्रो मुलुकमा कृषकको मनोबल उच्च बनाई उहाँहरूको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको शुभकामना सन्देशमार्फत बताउनु भएको छ । मानो रोपेर मुरी उब्जाउने’ यो दिनमा हिलो खेल्ने, दही चिउरा खाने गरिन्छ । रोपाइँमा एकापसमा सघाउने र रोप्दै असारे भाकाका गीत गाउनेजस्ता क्रियाकलापले आपसी भाइचारा, आत्मीयता र सामाजिक एकतालाई थप बलियो बनाउँदै आएको छ ।उहाँले धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ यस वर्षको मूल नाराले मुलुकमा धानको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षाको अवस्थामा सुधार, आयात प्रतिस्थापनबाट धानमा आत्मनिर्भर र व्यावसायिक उत्पादनमार्फत समृद्धि हासिल गर्न सकिने विद्यमान अवस्थालाई चित्रण गरेको जनाउँदै त्यसका लागि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक कृषिमा रुपान्तरण गर्न केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला