काठमाडौं । असार १६ गते
केही दिन देखि निरन्तर परेको अविरल बर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएकोछ।
यसैगरी अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड पनि अवरूद्ध भएको छ ।

गएराति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो ।कल्भर्ट निर्माणका लागि बनाईएको डाइभर्सन नै बगाएपछि आज बिहानैदेखि बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको हो । अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचारू गर्न समय लाग्ने भएको छ ।