×

TUNGOON

आज विहान ११ बजे सत्तारुढ नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक बस्दै


काठमाडौं । असार १६ गते
आज विहान ११ बजे सत्तारुढ नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको छ । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी गरेको छ ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी कमिटिले बुधबार हुने आयोजक कमिटिको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको हो । सोही अनुसार बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटिलाई नै केन्द्रीय कमिटि बनाउने तयारी रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला