×

TUNGOON

आज दिउँसो जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै


काठमाडौं । असार १६ गते
आज दिउँसो जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दैछ ।निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल गर्न आज दिउँसो बैठक बस्न लागेको हो । जसपाको वैधानिकताको विवाद निर्वाचन आयोगमा रहेको दुबै पक्षले आधिकारीका दावी गरिरहका बेला आज बस्न लागेको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

आफ्नै समुहका नेताहरुबिच असन्तुष्टि बढेपछि ठाकुर पक्ष यतिवेला समस्या रहेको नेताहरुले बताउँदै आएका छन् ।सर्वोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो पक्षभित्र असन्तुष्टि बढेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला