×

TUNGOON

क्रियाशील सदस्यता विवादबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक


काठमाडौं । असार १७ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने छ महाधिवेशनको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो । महाधिवेशन तयारीसँगै क्रियाशील सदस्यता विवादबारे छलफल गर्न बैठक बोलाइएको पौडेलले बताउनु भएको छ ।

केन्द्रीय सदस्यताको विवाद टुङ्ग्याउन केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले काम गरिरहेको भए पनि त्यसमा उठेका केही विषयमा पदाधिकारी बैठकमा छलफल हुने कांग्रेस मुख्यसचिव पौडेलले बताउनु भएको छ । कांग्रेसको १४औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुन लागेको छ। त्यसअघि वडादेखि प्रदेश अधिवेशन तय गरिएको छ। १२ साउनबाट वडा अधिवेशन हुँदै छ। त्यसका लागि क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउन लागिएको हो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला