काठमाडौं । असार १७ गते
आन्दोलनकारीको प्रशंसा गरेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आज एक विज्ञप्ति जारी गर्नु भएको छ ।डा. गिरीले वार्ताका दौरानमा आफुले कसैलाई कुनै प्रकारको दुव्र्यबहार नगरेको जानकारी गराउदै विज्ञप्ति जारी गर्नु भएको हो । उहाँले व्यक्तिगत चरीत्र हत्या गर्ने उदेश्यले परिस्थितिको गलत तरिकाले सञ्चार माध्ययम मार्फत आम सर्वसाधरण विच भ्रामक समाचार फैलाएको निम्ति खेद प्रकट गर्दै त्यसबाट प्रतिस्ठानको छविमा आच पुग्न गएकोमा दुख व्यक्त गर्नु भएको छ ।
डा. गिरीले प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार्दै उपकुलपति गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई निकास दिने विश्वास लिएको जनाउनु भएको छ । आफूले आन्दोलनलाई बेवास्ता गरेको नभई प्रतिष्ठानकै कामले काठमाडौंमा रहनु परेको दाबी गर्दै डा. गिरीले सौहार्द्धपूर्ण वार्ताका लागि आग्रह गर्नु भएको छ । प्रतिष्ठानमा आएको १५ महिनाको दौरानमा काम गर्दैगर्दा आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने प्रतिबद्धता समेत गरिीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।