काठमाडौं । असार १७ गते
हाल नेपालमा मनसुन सक्रिय भएको छ । त्यसैले केही दिन देखि निरन्तर परेको अविरल बर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड, सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको दुई किलो र पाँच किलोस्थितमा गए राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।पाल्पाको तिनाउँ गाउँपालिका–३, सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा गए राति ढुंगासहितको सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–४, डुम्रेबजार, बन्दीपुर–१, चिसापानी र व्यास नगरपालिका–१२, छिर्कनेस्थित पृथ्वी राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।