काठमाडौं । असार १७ गते
जब कुनैपनि युवकको अपरिचित युवतीसँग आँखा जुध्छ । युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ ।पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला रु मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ ।


पुरुषले महिलाको सरीरमा सुरुमै ख्याल राख्ने एउटा अंग हो कपाल । यसको मतलब पुरुषले निकै लामो कपाल मात्र मन पराउँछ भन्ने होइन । तर सफा, स्वस्थ तथा आकर्षक कपाल भएकी महिलाले पुरुषलाई आकषिर्त गर्न सक्छिन् । भनिन्छ युवतीसँग आँखा जुधाइरहँदा युवकले ती युवतीको कपाल सुम्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ ।

सच्चा मुस्कान(के तपाइँको मुस्कान आँखासम्मै पुग्यो रु अर्थात् तपाइँले मुखको मुस्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो रु मनोविज्ञहरुका अनुसार पुरुषहरु महिलाको मुस्कान बनाबटी हो की साँच्चीकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । महिलाको ओँठ तथा आँखाको भावको अध्ययन गर्न पुरुषहरु सक्षम हुन्छन् भनिन्छ ।

पुरुषहरु अलि सुरिलो बोली भएका महिलाहरुप्रति आकषिर्त हुन्छन् । बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पुरुषलाई आकषिर्त गर्न सक्दिनन् । मनोविज्ञहरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढि यौवना तथा यौनिक रुपमा पनि स्वस्थ हुने विश्वास पुरुषमा हुन्छ ।

कम्मर र हीपको आकार(पुरुषले महिलाको कम्मर र हिपको आकारमा विशेष ध्यान दिन्छन् । छिनेको कम्मर र चौडा हीप भएकी महिला पुरुषको रोजाइमा पर्छिन् भनिन्छ । यसले महिलाको प्रजनन क्षमता उच्च भएको संकेत समेत गर्छ ।

वास्तवमा आँखा पहिलो नजर पर्ने अंग नै हो । आँखाको आकार, नशालु पन, नानीको रङ, परेलाको बनाबट लगायतका सबै कुराले महिलाको आकर्षणमा प्रभाव पार्छ र यो कुरामा पुरुषले विशेष ध्यान दिन्छन् ।