×

TUNGOON

आज दिउँसो २ बजे काँग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौं । असार १८ गते
आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ ।आवश्यक तयारी नपुगेको जनाउँदै हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ ।काँग्रेसका मुख्यचिव कृष्णप्रसाद पौडेलले आज बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिनुभयो ।

बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ ।महाधवेशनको तयारीमा जुटेको काँग्रेसमा फेरि क्रियाशिल सदस्यता विवाद बढेपछि शीर्ष तहबाट टुंगो लगाउनुपर्ने दवाब बढेको थियो ।त्यसो त नेपाली काँग्रेसभित्र नयाँ नेतृत्वका लागि नेताहरुबीच छलफल शुरु भैसकेको अबस्थामा क्रियाशिल सदस्यताको विषय झन पेचिलो बनेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला