काठमाडौं । असार १८ गते
आज बिहान ११ बजे नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । यसअघि अस्तित्वमा रहेको महाधिवेशन आयोजक कमिटी २०७५ जेठ २ कै अवस्थामा रुपान्तरण भएपछि एमाले केन्द्रीय कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो ।एमालेभित्रको विवाद समाधानका लागि एमालेको संस्थापन पक्ष एमालेको पूर्ववत् साङ्गठनिक अवस्थामा फर्कन सहमत भएको हो ।

 

बुधबार बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटीलाई एमालेको पूर्ववत् केन्द्रीय कमिटीमा रूपान्तरण गरेको थियो ।पार्टीको सो निर्णयपछि एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी तथा पदाधिकारी नै अब पूर्ण रूपमा क्रियाशील हुने भनिए पनि माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठकमा भाग नलिने अडान राखेका छन् ।