काठमाडौं । असार १८ गते
नेपालमा मनसुन सुरु भए सँगै देभभर बाढी,पहिरो जाने क्रम जारी छ । केही दिनदेखि निरन्तर परेको अविरल बर्षाका कारणा ललितपुरको भट्टेडाँडामा पहिरो खसेको छ । पहिरोले चापागाउँ–भट्टेडाँडा भएर चल्ने सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।यस्तै, ललितपुरकै वाग्मती गाउँपालिका र मकवानपुरको गढीमा खसेको पहिरोका कारण काठमाडौंबाट मकवानपुरतर्फ जाने–आउने सवारीसाधनको आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका–१०, तिङगाङखानीमा सडक अवरुद्ध भएको छ ।पहिरो तथा वर्षाका कारण खसेको लेदो माटोले पृथ्वी लोकमार्ग अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

त्यसैगरि सिन्धुलीको सुनकोसी गाउँपालिका–१, कमेरेफाँटनजिक तीनरचार ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । सवारीसाधनको आवागमन प्रभावित भएको हो । काठमाडौंबाट खुर्कोटतर्फ जाने–आउने सवारीसाधन पहिरोको कारण रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।