काठमाडौं । असार १८ गते

गर्मी मौसमको समयमा छालामा धेरै किसिमका समस्याहरु देखा पर्दछ । गर्मीमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरता मार्छ र, छालालाई फुस्रो बनाउँछ । त्यसकारण यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।

 

 

ब्युटिसियनका अनुसार मानिसको छाला तीन प्रकारका हुन्छन्– फुस्रो छाला, निकै चिल्लो छाला र सामान्य छाला । गुण, अवस्था र प्रकार अनुसार छालाको स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन् । गर्मीमा बढी चिल्लोपना हुने छालामा समस्या देखिने उनीहरूको भनाइ छ।

 

गर्मीमा पसिना निकै आउँछ, घरबाट निस्कदा फ्रेस भएर निस्किए पनि पसिनाले बाटोमै मेकअप बिगारिदिन्छ । त्यसकारण गर्मीमा प्रायः घरमै बस्ने गरिन्छ । कतिपय मानिसको छाला निकै सेन्सेटिभ हुन्छ । त्यस्ता छालामा घाम र धुलोबाट एलर्जि हुन्छ र बाहिर हिड्यो भने पिम्पल्स आउने गर्दछ ।

 

सन ब्लक क्रिम हरेक दिन प्रयोग गर्नुपर्छ। मेकअप गरेपछि सफा पानीले सफा गरेर धोएर मात्र सुत्नुपर्छ नभए हाम्रो छाला चाउरिने समस्या हुन सक्छ ।’ बजारमा विभिन्न प्रकारको सन ब्लक क्रिम पाइए पनि राम्रो खालको प्रयोग गर्नु पर्दछ । सन ब्लक क्रिम र बेबी क्रिम हरेक उमेर र छालाको लागि उपयोगी हुन्छ, अधिक चिल्लो भए टोनरको प्रयोग गर्दा राम्रो हुन्छ।

गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खान, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउन र फेसियल गर्न ब्युटिसियन सुझाउँछन् । अनुहारको सुन्दरतालाई बढाउने मुख्य गहना मुस्कान हो । तसर्थ सधै मुस्कुराउनु पनि सुन्दर हुनु हो ।

गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सकिएन भने चिल्लो छाला अझै चिल्लो र ड्राइ छाला झन् फुस्रो हुने समस्या हुन सक्छ । यो समयमा छालाको रङ पनि फेरिन सक्ने ब्युटिसियन बताउँछन् । यो समस्या हुनुभन्दा पहिले नै निराकरण गर्नु राम्रो हुन्छ । ‘गर्मी मौसममा पिम्पल आउनु, ब्ल्याकहेडस देखिनु सामान्य मानिन्छ दैनिकरूपमा छालाको उचित स्याहार गरियो भने यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।