काठमाडौं । असार १९ गते
निरन्तर परेको बषाृका कारण गएको पहिरोमा ट्रक पुरिँदा धादिङमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा खसेको पहिरोले चारवटा गाडीमा क्षति पुगेको छ । पहिरोले क्षति पुर्याएका चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।दुई वटाको नम्बर खुलेको छैन ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ का १८ वर्षका वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेकी भारत घर भएकी ४३ वर्षकी सोनी देवीको ज्यान गएको प्रहरीले जनाएको छ । सोनी देवीको उपचारका क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । तीन जना घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । पहिरोपछि राजमार्गमा बन्द भएको छ ।