काठमाडौं । असार १९ गते
आज दिउँसौ ३ बजे नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दैछ। आज बस्ने बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायत विषयमा छलफल हुने बताइएको छ।

शुक्रबारको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन दुई दिने अल्टिमेटम दिएको थियो। नेपाल पक्ष भने बैठकमा सहभागी छैन।