×

TUNGOON

बहाव बढेपछि आज कोसी ब्यारेजका३० वटा ढोका खुला गरियो


 

काठमाडौं । असार १९ गते
केही दिन देखि निरन्तर परेको अविरल बर्षाका कारण सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ । आज बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरेर २८ ओटा ढोका खोलएका थिए भने अहिले सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २३०३५५ क्युसेक पुगेको छ । नदीमा पानीको बहाव बढेसँगै व्यारेजका ३० ढोका खुल्ला गरिएको छ ।

कोशीमा पानीको बहाव यस वर्षकै उच्च हो । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो ।बहाव बढेपछि आज कोसी ब्यारेजका३० वटा ढोका खुला गरिएको छ । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो। कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला