×

TUNGOON

एक दुई दिनमै कोभिड–१९ को खोप आइपुग्ने प्रधानमन्त्री ओलीको भनाई , खोप पाइएन भन्ने स्थिति नहुने दाबी


 

काठमाडौं । असार १९ गते
अब एक दुई दिनमै कोभिड–१९ को खोप आइपुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । बिचमा खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको भन्दै कसैलाई पनि नआत्तिन उहाँले आग्रह समेत गर्नु भएको छ । त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नै प्रधानमन्त्री ओलीले अब खोप लगाउनका लागि अभियान नै चल्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रसँग कुरा भएको र विभिन्न जिल्लामा अब भ्याक्सिनको क्यम्पियन नै चल्ने जिकिर गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने तर सबैलाई एकैपटक खोप लगाउन सम्भव नभएको प्रस्ट पार्नु भएको छ । उहाँले अब लगातार खोप आउने र खोप पाइएन भन्ने स्थिति नहुने दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला