काठमाडौं । असार १९ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्रियाशील सदस्‍यता विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा वडा अधिवेशन गर्ने भएको छ ।

आज बिहान बसेको शीर्ष नेताहरूको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा वडा अधिवेशन गर्ने निर्णय गरेको कांग्रेस केन्‍द्रीय सदस्‍य एनपी साउदले जानकारी दिनु भएको छ । ।