काठमाडौं । असार २० गते
आज निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने तयारी छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ । यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सकेसम्म आजै अपराह्न, नभए भोलि बिहान बैठक बस्ने तयारी भइरहेको बताए । उनका अनुसार यसपटक माइक्रो बस र टेम्पोबारे निर्णय हुने छ ।

अघिल्लो साताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारी साधनहरु जोर(बिजोरको आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो ।कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण दर घट्दै गएको निष्कर्षसहित हाल निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ।