काठमाडौं । असार २० गते
वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेकपा एमालेको वार्ता टोलीका सदस्यहरु नेपालको निवास कोटेश्वर पुगेका छन् ।वार्ता टोलीबीच भएको भनिएको सहमतिको मस्यौदाबारे अहिले नेता नेपाललाई दोस्रो तहका नेताहरुले ब्रिफिङ गरिरहेको जनाइएको छ ।केही दिनयता लगातार भएको छलफलबारे नेपाललाई उनी पक्षधरहरुले मात्रै ब्रिफिङ गर्दै आएकोमा आज ओली पक्षधर नेताहरु पनि नेता नेपाललाई भेट्न पुगेका हुन् ।

ओली पक्षबाट वार्तामा सहभागी उपमहासचिव बिष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले नेता नेपाललाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिँदै एमालेमा रहन वा गठबन्धन रोज्न नेपाल पक्षधरलाई समयसीमा दिएलगत्तै दुई पक्षबीच अझ धेरै छलफल भएका छन् ।