×

TUNGOON

संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको वरिष्ठ अधिवक्ता श्याम खरेलको आरोप


काठमाडौं । असार २० गते
संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको वरिष्ठ अधिवक्ता श्याम खरेलले आरोप लगाउनु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सभामुखको तर्फबाट बहस गर्दै अधिवक्ता खरेलले राष्ट्रपतिले संविधानको धारा ७६–४ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन सक्दिन भनेकाले ७६–५को दाबीले मान्यता पाउँदैन भन्न सक्नुपर्नेमा त्यसो नगरेकाले राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको जिकिर गर्नु भयो ।

अधिवक्ता श्याम खरेलले  ७६–३ को प्रधानमन्त्री ओली ७६–४ मा जानैपर्ने भन्दै त्यसो नगरेपछि राष्ट्रपतिले मिल्दैन भने रोक्नुपर्ने बताउनु भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला