काठमाडौं । असार २१ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कुनै कुराले मन प्रसन्न रहने योग रहेको छ भने नयाँ र शुभकार्यको चर्चा चल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्नुका साथै प्रेममा सफलता प्राप्त हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मन सम्हाल्न आवश्यक हुने योग रहेको छ भने दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्ने तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज माया प्रेममा सामीप्यता बढेर जाने योग रहेको छ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जाने तथा शुभ समाचार सुन्न पाइएला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज इनाम र प्रतिष्ठा कमाउनेयोग रहेको छ भने परिवारमा सुख सन्तोष छाउने तथा अधुरो काम बन्नुका साथै धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा हर्षउमङ्ग र उत्साह छाउनुका साथै कला र गलाको प्रभाव बढ्ने योग रहेको छ भने शुभ समाचार सुन्न पाइने तथा शेयर बजारमा घाटा होला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने कार्य सम्पादनमा सहजता नमिल्ने तथा जिद्दीपनाले गर्दा काम बिग्रनुका साथै स्वास्थ्यप्रति सजग रहनु होला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनुका साथै आँटेको र ताकेको कार्य पुरा हुने तथा कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै प्रेमीको सहयोग प्राप्त हुने तथा छोटो यात्रा पनि होला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने योग रहेको छ भने सवारी साधनको खरिद बिक्री हुने तथा दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज पारिवारिक सद्भाव बढ्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै आकस्मिक धनलाभ हुने तथा महिला वर्गबाट सहयोग मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने चलाखी पूर्ण बोलीले काम बन्ने तथा आयआर्जनका क्षेत्रमा सुधार आउने र पठनपाठनमा प्रगति हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज राज्यबाट मान सम्मान पाइने योग रहेको छ भने कुटुम्बको सहयोग मिल्नुका साथै घरमा अतिथिको आगमन हुने तथा बोलीको भरमा कार्य सम्पादन हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् ।