×

TUNGOON

केही दिनदेखि निरन्तर परेको बर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिङ सडक खण्ड पुन. अवरुद्ध


काठमाडौं । असार २१ गते
नेपालमा मनसुन सुरु भए सँगै देशभर बाढी पहिरो जाने क्रम जारी छ । केही दिनदेखि निरन्तर परेको बर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिङ सडक खण्ड पुन. अवरुद्ध भएको छ । चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो बन्द भएको हो । आइतरबार देखि सेतीदोभान पहिरो हटाएर एकतर्फी खुलेलगत्तै फेरि बन्द भएको हो ।

पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बन्द भएपछि गाडी बीचबाटोमै रोकिएका छन् । मनसुन सुरु भएदेखि नारायणगढ–मुग्लिङ सडकमा पहिरो झर्ने क्रम रोकिएको छैन ।पछिल्लो एक हप्तादेखि निरन्तर पहिरो झर्ने र पन्छाउने काम हुँदै आएको छ । पहिरो हटाएलगत्तै फेरि खस्दा समस्या भइरहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला