×

TUNGOON

विवाद समाधानका लागि वरिष्ठ नेता नेपालसँगै छलफल गर्न नेता भीम रावलको प्रधानमन्त्री ओलीलाई आग्रह


काठमाडौं । असार २१ गते
अहिले नेकपा (एमाले) पार्टीमा विवाद उत्पन्न भएको छ । उक्त विवाद समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपालसँगै छलफल गर्न नेता भीम रावलले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आइतबार राति एमाले विवाद समाधान सम्बन्धमा छलफलका लागि नेता रावललाई बालुवाटार बोलाउनु भएको थियो । रावल र ओलीबीच बालुवाटारमा दुई घण्टा छलफल चलेको थियो।

छलफलका क्रममा रावलले आफूसँग भन्दा पनि वरिष्ठ नेता नेपालसँगै छलफल गरेर समाधान खोज्न आग्रह गरेको श्रोतले जानकारी दिएको छ । नेता रावलले बालुवाटार छलफलका सम्बन्धमा आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला