×

TUNGOON

फिलिपिन्सको दक्षिणी भेगमा सैन्य विमान दुर्घटना हुँदा ५० जनाको मृत्यु, ४९ सैन्य अधिकारीहरु घाइते


काठमाडौं । असार २१ गते
फिलिपिन्सको दक्षिणी भेगमा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बताइएको छ । घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएका छन् । लकहिड सी–१३० विमानले ९६ यात्रु बोकेको थियो जसमध्ये अधिधकांश सेनाहरु थिए । मृत्यु हुनेमा पनि अधिकांश सेना नै रहेको तर यात्रु बाहेक दुर्घटनास्थलमा रहेका अन्य तीन स्थानीय सर्वसाधारणको पनि मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि पाँच जनाको अवस्था थाहा नहुँदा खोजी भइरहेको थियो तर अहिले भने सबैको पत्ता लागिसकेको छ । फिलिपिन्सको सुरक्षाबलका प्रवक्ताले समाचार साइट एबीएस–सीबीएनसँग कुरा गर्दै उडानको डाटा रेकर्डर हेरेर दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला