काठमाडौं । असार २१ गते
मंगलबार चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्ने भएका छन् ।मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने जानकारी उनको सचिवालयले दिएको छ । प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगार्ईंका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा ओली सहभागि हुने निश्चित भएको छ ।

प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागि हुने जनाइएको छ ।चिनियाँ राष्ट्रपति जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिएका छन् । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।