×

TUNGOON

कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनको भनाई


काठमाडौं । असार २१ गते
कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनको भनाई छ । उहाँले महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनु भएको छ ।

अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिरहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले जोड दिनु भएको छ । एक भिडियो कन्फ्रेन्समा बोल्दै मुनले यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी रहेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला