काठमाडौं । असार २१ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता नै संकटमा पारेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आरोप लगाउनु भउको छ । राष्ट्रियसभा बैठकमा विषेश समयमा बोल्दै नेता श्रेष्ठले विदेशी हस्तक्षेपलाई निम्तो दिएर प्रधानमन्त्रीले त्यसकै आड्मा राष्ट्रिय स्वाधिनता संकटमा पारेको आरोप लगाउनु भएको छ । उहाँले ‘प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत लिप्साले विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा लिएको बताउनु भएको छ ।

 

उहाँले ओलीले विदेशीसँगको मिलिभगतमा संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको र राष्ट्रिय स्वाधिनतामाथि गम्भीर धोकाधडी गरेको आरोप लगाउनु भएको छ । नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सहयोगका साथमा एकपछि अर्को प्रतिगामी कदम चाल्दै प्रतिगमनतर्फ लगेका कारण अहिले अग्रगमन र प्रतिगमनका बीचमा द्वन्द्वको अवस्थामा पुगेको समेत बताउनु भएको छ । राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न खोजिएको भन्दै त्यसो नगर्न समेत उहाँले सुझाव दिनु भएको छ । उहाँले राष्ट्रियताको रक्षा गर्नुपर्ने सरकारले संविधान उल्लंघन गरेको समेत दाबी गर्नु भएको छ ।