काठमाडौं । असार २२ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बुद्धि र विवेकको जति प्रयोग गर्न सकियो त्यति नै बढी सकारात्मक बनाउन सकिने योग रहेको छ भने वित्तिय सहयोग पनि मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने प्रिय व्यक्तीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मिथुन
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने मित्रबाट विशेष सहयोग प्राप्त हुनुका साथै वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा नजिकै घुम्न पनि पाइनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ कार्य प्राप्तिको योग रहेको छ भने आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा काम गर्ने उत्साह र हौसला पनि मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै धर्म र कर्ममा मन लाग्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिनुका साथै बोलीको विपरीत अर्थ लाग्ने तथा यात्रा गर्दा सचेत हुनुपर्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने चिताएको कामले तीव्रता लिनुका साथै पारिवारिक सद्भाव बढ्ने तथा शेयर बजारमा भने नोक्सानी नै रहला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनुका साथै धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा रोजगारको अवसर पनि मिल्नेछ ।

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने आम्दानी बढाउने काम सुचारु गर्न सकिनुका साथै सफल यात्राको योग छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनुका साथै रमणीय र सुखद् यात्राको योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने दाम्पत्य सम्बन्ध बलियो र सुदृढ हुने तथा वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।