×

TUNGOON

आज दिउँसो १ बजे नेकपा (एमाले) को एकता जोगाउन गठन भएको कार्दलको बैठक बस्दै


काठमाडौं । असार २२ गते
आज दिउँसो १ बजे नेकपा (एमाले) को एकता जोगाउन गठन भएको कार्दलको बैठक बस्दैछ । नेकपा एमाले भित्रको अन्तरविरोध समाधान गर्न सक्रिय कार्यदलको बैठक आज पनि बस्ने भएको हो। सोमबार सम्पन्न वर्ता सकारात्मक र सौहार्दपूर्ण रहेकाले आजको वार्तापनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनस् ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरुले बताएका छन् ।कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला