×

TUNGOON

आज बिहान ११ बजे निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षसँग छलफल गर्दै


काठमाडौं । असार २२ गते
आज बिहान ११ बजे निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षसँग छलफल गर्दैछ। आयोगले अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि बोलाएको छ।राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनु भएको छ ।

 

ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी आयोग जानेछन्। यस्तै, यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग जाने तय भएको छ।जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन्। ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला