×

TUNGOON

आजदेखि काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाईयो, २५ जनासम्म विद्यार्थीहरु भेला भई परीक्षा सञ्चालन गर्न सकिने


काठमाडौं । असार २२ गते
आजदेखि काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सवारी साधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटाइएको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधन सीट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने शर्तमा सञ्चालन हुने भएका छन् ।

कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्त सहित सवारी साधनको जोर विजोर प्रणाली हटाइएको छ।त्यस्तैगरी २५ जनासम्म विद्यार्थीहरु भेला भई परीक्षा सञ्चालन गर्न सकिने भएको छ । त्यस्तै गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता क्रियाकलाप गर्नैपर्ने भएमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न सकिनेछ । निषेधाज्ञा भने असार ३१ गते सम्मका लागि लागु गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला