काठमाडौं । असार २२ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा बृद्धि भएको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।