×

TUNGOON

सर्वोच्च अदालतको आदेश र महानगरकै नीति अनुसार भित्तेलेखन गर्न नपाइने काठमाडौं महानगरपालिकाका शाक्यको भनाई


काठमाडौं । असार २२ गते
सर्वोच्च अदालतको आदेश र महानगरकै नीति अनुसार भित्तेलेखन गर्न नपाइने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भनाई छ । आज महानगरको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै उहाँले आफूहरू महानगरको नीतिभन्दा बाहिर जान नमिल्ने बताउनु भएको छ । उहाँले सर्वोच्चको आदेश र महानगरको कानुन(नीतिलाई उलंघन गर्न नपाइने र जे नीति छ त्यही कार्यान्वयन गर्नुपर्ने तर्क गर्नु भएको छ ।

रत्नपार्क क्षेत्रका भित्तामा वडाबाट अनुमति लिएर कोरोना महामारीमा अग्रमोर्चामा खटिएकाहरूको सम्मानमा चित्र कोरिएको थियो। उक्त चित्र महानगरले मेटाएपछि मेयर शाक्यको आलोचना भएको छ।यसबारे उहाँले भित्तेचित्र मेटायो भनेर बढी नै प्रचार हुने गरेको बताउनु भएको छ । सर्वोच्चले २०७२ सालमै सहरका घर तथा पर्खालहरूमा पर्चा, पम्पलेट र भित्तेलेखन गर्न पाइने आदेश दिएको शाक्यको भनाइ छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला